सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा बुधबार ५ सय रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएकोमा बुधबार ९१ हजार रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएकोमा बुधबार २५ रुपैयाँ घटेर १२ सय २५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु