लुम्बिनी बैंकले माग्यो विभिन्न पदमा माग्यो कर्मचारी



काठमाडौं । लुम्बिनी विकास बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले व्यवस्थापन ट्रेनी र टे«ेनी जुनियर असिस्टेन्टमा कर्मचारी माग गरेको हो ।

बैंकले सातै वटा प्रदेशका लागि सो पदको कर्मचार माग गरेको सुचनामा उल्लेख छ । जसमा योग्यता पुगेका आवेदकहरूले आगामी मंसिर ७ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।

बैंकले व्यवस्थापन ट्रेनीका लागि व्यवस्थापनमा कम्तिमा स्नाकोत्तर गरेको, ३० वर्ष ननाघेको र दुई पाङ्ग्रे सवारी साधनको लाइसेन्स भएको हुनुपर्ने जनाएको छ ।

साथै, बैंकले ट्रेनी जुनियर असिस्टेन्ट पदका लागि व्यवस्थापनमा स्नातक गरेको, २८ वर्ष ननाघेको र दुई पाङ्ग्रे सवारी साधनको लाइसेन्स भएको हुनुपर्ने सुचनामा उल्लेख छ ।

व्यवस्थापन ट्रेनीमा योग्यता पुगेका आवेदकहरूले https:/www.askmeconsult.com/job/management-trainee-9046/ र ट्रेनी जुनियर असिसटेन्टले https:/www.askmeconsult.com/job/trainee-junior-assistant-9045/ मा आवेदन भर्न सक्नेछन् ।


क्लिकमान्डु