सिटिजन्स बैंकका सीइओ गणेश पोखरेलले गतवर्ष तलबबाट तिरे ६५ लाख कर



काठमाडौं । सिटिजन्स बैंकले प्रमुख कार्यकारी अधिकृत गणेश पोखरेललाई १ करोड ३१ रुपैयाँ तलब सुविधा दिएको छ । बैंकको वार्षिक विवरण अनुसार गत आर्थिक वर्षमा पोखरेललाई बैंकले १ करोड ३१ लाख रुपैयाँ तलब दिएको छ ।

पोखरेलको लागि बैंकले गतवर्ष तलब वापत ८४ लाख,३० लाख,दशैं भत्ता वापत ९ लाख ५० हजार तथा सञ्चय कोषमा ८ लाख ४० हजार खर्च गरेको छ ।

बैंकबाट पाएको १ करोड ३१ लाख तलब भत्ता वापत पोखरेलले सरकारलाई ६५ लाख ३३ हजार कर बुझाएका छन् । कर बुझाएपछि पोखरेलले ६६ लाख ५६ हजार रुपैयाँ बुझेका छन् ।

सीइओ पोखेरेललाई बैंकले टेलिफोन खर्च तथा गाडी सुविधा तथा बोनस समेत दिएको जनाएको छ । बैंकले गतवर्ष सीइओ बाहेक उच्च अधिकारीको लागि तलब तथा सुविधामा २ करोड ३० लाख खर्च गरेको छ । सीइओ बाहेकका उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीले ८९ लाख कर तिरेर १ करोड ४० लाख रुपैयाँ बुझेका छन् ।


क्लिकमान्डु