राष्ट्र बैंकले खारेज गर्यो जीएमई पेको अनुमतिपत्र



काठमाडौं । नेपाल राष्ट्र बैंकले जीएमई पेको अनुमतिपत्र खारेज गरेको छ ।

राष्ट्र बैंकका अनुसार पेलाई कारोबार गर्न ६ महिनाको समय दिएको र उक्त अवधिमा कारोबार गर्न नसकेपछि अनुमतिपत्र खारेज भएको हो ।

राष्ट्र बैंकका अनुसार २०७७ असोज २२ गते भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुमतिपत्र प्रदान गरेकोमा भुक्तानी तथा फछ्यौट विनियमावली २०७७ को विनियम ३५ को उपविनियम १ को ( क) को व्यवस्था बमोजिम उक्त अनुमतिपत्र खारेज गरेको जनाएको छ ।


क्लिकमान्डु