कात्तिक दोस्रो साता बैंकको बिजनेशः निक्षेप २ अर्बले घट्दा कर्जा २० अर्बले बढ्यो



काठमाडौं । कात्तिक दोस्रो सातासम्म आइपुग्दा वाणिज्य बैंकको निक्षेप संकलनको तुलनाका कर्जाको माग ह्वात्तै बढेको छ ।

कोरोना महामारी न्यून भएसँगै उद्योग व्यवसाय चलायमान हुँदा बैंक तथा वित्तीय संस्थामा कर्जाको माग बढेको छ । तर बैंकहरुमा निक्षेप भने घटिरहेको छ ।

कात्तिक दोस्रो सातासम्म आईपुग्दा बैंकमा निक्षेप संकलन २ अर्ब रुपैयाँले घटेको छ भने कर्जाको माग २० अर्ब रुपैयाँले बढेको छ ।

कात्तिक १२ गतेसम्म निक्षेप संकलन २ अर्बले घटेर ४२ खर्ब ४७ अर्ब रुपैयाँ रहेको छ । कात्तिक ५ गतेसम्म बैंकले ४२ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

यस्तै कात्तिक १२ गतेसम्म आइपुग्दा बैंकमा कर्जाको माग २० अर्ब रुपैयाँले बढेर ४० खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ ।

कात्तिक ५ गतेसम्म ३९ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो । यो अवधिमा वाणिज्य बैंकको सिडी रेसियो ८९.७३ प्रतिशत पुगेको छ ।


क्लिकमान्डु