नेप्से परिसूचक २३.७६ अंकले बढ्यो, ६ अर्बबढीको कारोबार



काठमाडौं । मंगलबार सेयर बजार मापन गर्ने सूचक नेप्से २३.७६ अंकले बढेर २८४३.६२ अंकमा पुगेको छ । यो दिनको कारोबारमा ९९ लाख ७७ हजार ४८३ कित्ता सेयर ६ अर्ब ७ करोड ३७ लाख १६ हजार ८८८ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन १५२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

मंगलबारको कारोबारमा उपसमूहतर्फ बैंकिङ, लगानी र ट्रेडिङबाहेकमा वृद्धि देखिएको छ ।

साहस उर्जा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने गुडविल फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, कालिका पावर कम्पनी, रिडी हाइड्रोपावर डेभलपमेन्टलगायतका कम्पनीको सेयर मूल्य बढेको छ ।


क्लिकमान्डु