कर्णाली प्रदेशको सल्यानमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्णाली प्रदेश सल्यान जिल्लाको शारदा नगरपालिका वडा नम्बर २ मा आइतबार नयाँ शाखा कार्यालय बिस्तार गरेको छ ।

यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २५६ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ ।


क्लिकमान्डु