सामलिङ्ग पावरको साधारण सेयर बाँडफाँट, तपाई पर्नुभयो त ६७ हजार ८९० जनामा ?




काठमााडैं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको साधारण सेयर बाँडफाँट भएको छ ।

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका अनुसार मंगलबार बिहान आइपीओको बाँडफाँट भएको हो । सर्वसाधारणका लागि छुट्याईएको सेयरका लागि २१ लाख ८८ हजार ७७८ योग्य आवेदक मध्येबाट गोलाप्रथाको माध्ययमबााट ६७ हजार ८९० जना आवेदनकर्ता छनौट गरी १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ ।

प्रतिसेयर १०० रुपैयाँका दरले सर्वसाधारणलाई छुट्याईएको ७ लाख ३० हजार कित्ता मध्ये १४ हजार ६०० कित्ता कम्पनीका कर्मचारीहरुलाई र ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरी बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता साधारण सेयर सर्वसाधारणको लागि रहेको थियो ।

कम्पनीले कात्तिक ४ देखि कात्तिक ८ गतेसम्म सर्वसाधारणका लागि निष्काशन खुल्ला गरेको थियो । कम्पनीले आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी असोज १ गते देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ ।


क्लिकमान्डु