अर्थमन्त्रीले पद छाड्न भनेपछि कृषि विकास बैंकका अध्यक्ष दिए राजीनामा



काठमाडौं । कृषि विकास बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले राजीनामा दिएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले मार्गप्रशस्त गर्नका लागि राजीनामा माग गरेपछि निरौलाले राजीनामा दिएका हुन् ।

‘मन्त्रीज्यूले राजीनामा दिएर मार्गप्रशस्त गर्न भन्नु भयो, सोही अनुसार आज राजीनामा दिएको हो,’ उनले क्लिकमाण्डूसँग भने ।

निरौला अर्थमन्त्री युवराज खतिवडाको कार्यकालमा २०७६ चैत महिनामा बैंकको अध्यक्षमा नियुक्त भएका थिए ।

निरौलाले आफ्नो कार्यकालमा प्रमुख कार्यकारी अधिकृतलाई व्यवसायिक रुपमा अधिकार दिएको र पछि अन्य वाणिज्य बैंकले पनि सोही अनुसरण गरेको दाबी गरे ।


क्लिकमान्डु