समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस कति ?



काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभाशं दिने घोषणा गरेको छ ।

संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस २० प्रतिशत र करसहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु