प्रभु बैंकको नाफा २५ प्रतिशतले घट्यो, ३ महिनाको नाफा ६३ करोड



काठमाडौं । प्रभु बैंकको नाफा २५ प्रतिशतले घटेको छ । स्प्रेडदर घटाएपछि बैंकको ब्याज आम्दानी घट्दा बैंकको नाफा घटेको हो । बैंकले असोज मसान्तसम्ममा ६३ करोड नाफा गरेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ६३ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.१४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको ब्याज आम्दानी १६ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष १ अर्ब ६९ करोडले रहेको ब्याज आम्दानी यो वर्ष ३ महिनामा १ अर्ब ४२ करोड रहेको छ ।

११ अर्ब ३४ करोड चुक्ता पूँजी रहेको प्रभु बैंकको १ खर्ब ६५ अर्ब निक्षेप रहेको छ भने कर्जा १ खर्ब ३८ अर्ब रहेको छ । बैंकको इपीएस २२ रुपैयाँ ४३ पैसा रहेको छ ।


क्लिकमान्डु