नेपाल बैंकको नाफा ३७% ले बढ्यो



काठमाडौं । नेपाल बैंकले चालु आवको पहिलो त्रैमासमा ३७‍.१४ प्रतिशतले नाफा बढाएको छ ।

बैंकले गत आवको पहिलो त्रैमासमा ५५ करोड रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आवको पहिलो त्रैमासमा ७६ करोड ४८ लाख रुपैयाँ आर्जन गरेको छ ।

बैंकले समीक्षा अवधिमा १ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको चुक्ता पुँजी १२ अर्ब ६३ करोड रुपैयाँ छ भने रिजर्भमा १७ अर्ब २२ करोड रुपैयाँ छ ।

बैंकले समीक्षा अवधिमा ७५ करोड ४८ लाख खुद ब्याज आम्दानी छ । साथै, खराब कर्जा अनुपात २ प्रतिशतमा सीमित भएको छ ।
बैंकको वितरणयोग्य नाफा भने १४ करोड ६८ लाख रुपैयाँ छ ।


क्लिकमान्डु