सांग्रिला डेभलपमेन्ट बैंकको खराब कर्जा अनुपात बढ्यो



काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकको पहिलो त्रैमासमा खराब कर्जा अनुपात बढेको छ । अघिल्लो आवको पहिलो त्रैमासको अवधिको तुलनामा बैंकको खराब कर्जा अनुपात ०.३५ प्रतिशतले बढेर १.६४ प्रतिशत पुगेको हो ।


गत आवको पहिलो त्रैमासमा बैंकको खराब कर्जा अनुपात १.२९ प्रतिशत रहेको थियो ।

चालु आवको पहिलो त्रैमाससमा बैंकको खुद नाफा ७२.७१ प्रतिशतले बढाएर ५ करोड ४४ लाख पुगेको छ । गत बर्षको यस अवधिमा बैंकले ३ करोड १५ लाख खुद नाफा आर्जन गरेको थियो ।
बैंकको संचालन मुनाफा १४२.६३ प्रतिशतले बढेर ७ करोड ७७ लाख पुगेको छ । गत आवको सोही अवधिमा बैंकको संचालन मुनाफा ३ करोड २० लाख रहेको थियो ।
खुद ब्याज आम्दानीको शिर्षकबाट बैंकले ३६ करोड ५० लाख रुपैयाँ आर्जन गरेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा एक करोड २० लाख रुपैयाँ ऋणात्मक छ ।
चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ४.५० प्रतिशतले बढेर ७४ करोड ३३ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी ७.९६ रुपैयाँ छ । यस्तै, बैंकको प्रति शेयर नेटवर्थ १३७.२४ रुपैयाँ छ ।


क्लिकमान्डु