स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा २०%ले बढ्यो



काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा २० प्रतिशतले बढेको छ ।

बैंकले गत आवको पहिलो त्रैमासमा ४० करोड रुपैयाँ आर्जन गरेकोमा चालु आवको सोही अवधिमा ४८ करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ ।

बैंकले यस अवधिमा ८५ अर्ब ४५ करोड निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह ६८ अर्ब ९९ करोड रुपैयाँ छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ५७ करोड रुपैयाँ छ भने रिजर्भमा ५ अर्ब ९१ करोड रुपैयाँ छ ।

बैंकको खराब कर्जा अनुपात ०.६७ प्रतिशत रहेको छ ।


क्लिकमान्डु