ब्याज आम्दानी घट्दा एनबी बैंकको नाफा २८ प्रतिशत घट्यो



काठमाडौं । नेपाल बंगलादेश(एनबी) बैंकको नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको नाफा अघिल्लो वर्षको भन्दा घटेको हो।

नेपाल बङ्गलादेश बैंक लिमिटेड (ल्द्यद्य) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ४१ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा २७.९३ प्रतिशत कम हो । गतवर्ष बैंकले ५७ करोड ११ लाख नाफा पहिलो त्रैमासमा गरेको हो ।

खुद ब्याज आम्दानी सामान्य घटेसँगै इम्पेरमेन्ट चार्ज बढ्दा बैंकको नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.२६ प्रतिशत घटेको छ । बैंकले ब्याज आम्दानीबाट ६७ करोड कमाएको छ ।
९ अर्ब चुक्ता पूँजी रहेको एनबी बैंकको निक्षेप ७७ अर्ब रहेको छ । अघिल्लो वर्षको भन्दा एनबी बैंकको निक्षेप १० अर्बले घटेको छ । बैंकको कर्जा ७२ अर्ब रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ २९ पैसा रहेको छ ।


क्लिकमान्डु