राष्ट्रिय वाणिज्य बैंकको नाफा १ अर्ब ५ करोड, निक्षेप २४ अर्बले घट्यो



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ५ करोड नाफा गरेको छ ।

बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले अघिल्लो वर्षको भन्दा २८ प्रतिशतले नाफा बढाउन सफल भएको हो । अघिल्लो वर्ष असोज मसान्तसम्म बैंकले ८२ करोड नाफा गरेको थियो ।

बैंकको नाफा २८ प्रतिशतले बढेपनि निक्षेप भने घटेको छ । अघिल्लो वर्षको असोज मसान्तको तुलनामा बैंकको २४ अर्बले निक्षेप घटेको देखिएको हो । असोज मसान्तसम्म वाणिज्य बैंकमा २ खर्ब ४० अर्ब निक्षेप रहेको छ । अघिल्लो वर्ष असोज मसान्तमा बैंकमा २ खर्ब ६४ अर्ब निक्षेप रहेको थियो ।
वाणिज्य बैंकले ब्याज आम्दानीबाट २ अर्ब ३४ करोड कमाएको छ ।

निक्षेप घटेपनि बैंकको कर्जाको आकार १ खर्ब ९० अर्ब पुगेको छ । अघिल्लो वर्ष १ खर्ब ७८ अर्ब कर्जा दिएको थियो । १४.१६ प्रतिशत पूँजीकोष अनुपात रहेको वाणिज्य बैंकको खराब कर्जा अनुपात ३.०१ प्रतिशत रहेको छ ।

निक्षेप घटेको कारण वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात समेत ८२.८८ प्रतिशत आएको छ । अघिल्लो वर्ष असोज मसान्तमा कर्जा निक्षेप अनुपात ६० प्रतिशत थियो ।


क्लिकमान्डु