मुक्तिनाथ विकास बैंकको नाफा १७.४८%ले बढ्यो



काठमाडौं । मुक्तिनाथ विकास बैंकको नाफा १७.४८ प्रतिशतले बढेको छ ।

बैंकले गत आवको पहिलो त्रैमासमा २९ करोड ४१ लाख नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा ३४ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

बैंकले यस अवधिमा खुद ब्याज आम्दानी ८३ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ भने बैंकले यस अवघिमा ९७ अर्ब १६ करोड निक्षेप संकलन गरेको छ । साथै, यस अवधिमा बैंकले ८५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको चुक्तापुँजी ४ अर्ब ८१ करोड र रिजर्भममा १ अर्ब ३६ करोड रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा ०.२३ प्रतिशत र वितरणयोग्य नाफा ९५ करोड ६३ लाख रुपैयाँ छ ।


क्लिकमान्डु