एभरेष्ट बैंकको नाफा ७२ प्रतिशतले बढ्यो, खराब कर्जा न्यून



काठमाडौं । एभरेष्ट बैंकको नाफा ७२ प्रतिशतले बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार ५७ करोड नाफा गरेको छ । अघिल्लो वर्ष असोज मसान्तमा बैंकको नाफा ३३ करोड थियो ।

बैंकले ब्याज आम्दानीबाट १ अर्ब ९ करोड कमाएको छ । कमिसनबाट २० करोड आम्दानी गरेको छ ।

पूँजीकोष अनुपात १२.५१ प्रतिशत रहेको एभरेष्ट बैंकको खराब कर्जा अनुपात ०.१३ प्रतिशत छ । स्प्रेडदर २.६१ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी २६.०४ रुपैयाँ रहेको छ ।

८ अर्ब ९३ करोड चुक्ता पूँजी रहेको एभरेष्ट बैंकले असोज मसान्तसम्ममा १ खर्ब ६३ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ३५ अर्ब कर्जा दिएको छ । बैंकको कर्जा निक्षेप अनुपात ८६.३९ प्रतिशत रहेको छ ।


क्लिकमान्डु