सेञ्चुरी बैंकको नाफा २३.७१%ले बढ्यो



काठमाडौं । सेञ्चुरी बैंकले चालु आवको पहिलो त्रैमासमा २३.७१% ले नाफा बढाएको छ ।

बैंकले अघिल्लो आवको सोही अवधिमा २२ करोड नाफा कमाएकोमा चालु आवको साही अवधिमा नाफा बढाएर २७ करोड २४ लाख रुपैयाँ पुर्याएको छ ।

बैंकले यस अवघिमा ९४ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा कर्जा प्रवाह ८४ अर्ब ११ करोड रुपैयाँ गरेको छ ।

बैंकको चुक्तापुँजी ९ अर्ब ३४ करोड रुपैयाँ छ भने रिजर्भमा १ अर्ब ५५ करोड रुपैयाँ छ । बैंकको खराब कर्जा १.८८ प्रतिशत छ भने वितरणयोग्य नाफा ९ करोड ९० लाख ६४ हजार रुपैयाँ छ ।


क्लिकमान्डु