हिमालयन बैंकको नाफा २५ प्रतिशतले बढ्यो



काठमाडौं । हिमालयन बैंकको नाफा २५ प्रतिशतले बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार ४५ करोड नाफा गरेको छ । अघिल्लो वर्ष असोज मसान्तमा बैंकको नाफा ३६ करोड थियो ।

बैंकले ब्याज आम्दानीबाट १ अर्ब ११ करोड कमाएको छ । कमिसनबाट २० करोड आम्दानी गरेको छ ।

१० अर्ब ६८ करोड चुक्ता पूँजी रहेको हिमालयन बैंकले असोज मसान्तसम्ममा १ खर्ब ४२ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ३८ अर्ब कर्जा दिएको छ । बैंकको कर्जा निक्षेप अनुपात ९३.५४ प्रतिशत रहेको छ ।

पूँजीकोष अनुपात १२.६९ प्रतिशत रहेको हिमालयन बैंकको कर्जा अनुपात ०.५८ प्रतिशत छ । स्प्रेडदर २.६४ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी १६.९५ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु