सनराइज बैंकको नाफा १२.४६ % ले बढ्यो



काठमाडौं । सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४३ करोड ७ लाख १६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १२.४६ प्रतिशतले बढी हो ।

गत आवको सोही अवधिमा बैंकको नाफा ३८ करोड २९ लाख ७७ हजार रुपैयाँ रहेको थियो । तीन महिनाको अवधिमा बैंकको वितरयाणयोग्य नाफा ६ करोड ७१ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ भने सञ्चालन मुनाफा बढेको छ । असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ९२ करोड ७९ लाख ७६ हजार रुपैयाँबाट घटेर ९२ करोड ३२ लाख ६१ हजार रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन मुनाफा ५४ करोड ७१ लाख १० हजार रुपैयाँबाट बढेर ५८ करोड २१ लाख रुपैयाँ पुगेको छ ।

९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ७२ करोड १२ लाख ४३ हजार रुपैयाँ रहेको छ । चालु आवको तीन महिनामा १ खर्ब २८ अर्ब २७ करोड ३९ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब १३ अर्ब ७३ करोड ५६ लाख ९४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा १.५८ प्रतिशतबाट घटेर १.१३ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ १६ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ६९ पैसा रहेको छ ।


क्लिकमान्डु