एनसीसी बैंकको नाफा ५४.८३% ले बढ्यो



काठमाडौं । एनसीसी बैंकले पहिलो त्रैमासमा ५४.८३ प्रतिशतले नाफा बढाएको छ । बैंकले अघिल्लो आवको पहिलो त्रैमासको तुलनामा यो आवको पहिलो त्रैमासमा १८३४ लाख रुपैयाँले बढाएको हो ।

बैंकले अघिल्लो आवमा ३३ करोड ४५ लाख रुपैयाँ नाफा कमाएकोमा चालु आवको सोही अवधिमा ५१ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

बैंकको सोही अवधिमा निक्षेप संकलन १ खर्ब १५ अर्ब रुपैयाँ निक्षेपा संकलन गरेको छ भने कर्जा प्रवाह १ खर्ब ९ अर्ब रुपैयाँ गरेको छ ।

बैंकको चुक्तापुँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६८० रुपैयाँ छ भने रिजर्भमा ३ अर्ब ७९ करोड १२ लाख ६१ हजार ६८१ रुपैयाँ छ ।
बैंकको खुद नाफा ९३ करोड ६८ लाख रुपैयाँ छ भने सञ्चालन नाफा ७२ करोड रुपैयाँ छ ।

बैंकको यस अवघिमा खराब कर्जा भने घटेको छ । अघिल्लो आवको समीक्षा अवधिमा २.८३ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा खराब कर्जा घटेर १.४८ प्रतिशतमा सीमित भएको छ ।

बैंकको वितरणयोग्य नाफा ९३ करोड २७ लाख ६१ हजार १०३ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु