नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४८ प्रतिशतले बढ्यो



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४८ प्रतिशते बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो वित्तीय विवरण अनुसार नाफा ९२ करोड रहेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा बैंकको नाफा ६२ करोड ३८ लाख थियो ।


नपाल इन्भेष्टमेन्ट बैंकले असोज मसान्तसम्ममा १ अर्ब २७ करोड ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्ष १ अर्ब ६३ करोड थियो ।

१४.५२ प्रतिशत पूँजीकोष अनुपात रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको असोज मसान्तसम्ममा चुक्ता पूँजी १६ अर्ब २५ करोड रहेको छ । असोज मसान्तसम्म नेपाल इन्भेष्टमेन्ट बैंकले १ खर्ब ७० अर्ब निक्षेप संकलन गरेर १ खर्ब ६० अर्ब कर्जा दिएको छ ।

२.२७ प्रतिशत खराब कर्जा अनुपात रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको कर्जा निक्षेप अनुपात ९५.३७ प्रतिशत छ । सीसीडीबाट सीडीमा जाने निर्णय गर्दा सबैभन्दा बढी प्रभाव इन्भेष्टमेन्ट बैंकलाई परेको देखिएको छ । बैंकको बेसेरेट ६.७७ प्रतिशत छ ।

स्प्रेडदर २.५९ प्रतिशत छ । बैंकको इपिएस २२ रुपैयाँ ६२ पैसा रहेको छ । बैंकले पहिलो त्रैमासको नाफाबाट सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा २० करोड गरेको छ ।


क्लिकमान्डु