सिभिल बैंकको नाफा २०१.८७ प्रतिशतले बढ्यो




काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २९ करोड १८ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २०१.८७ प्रतिशतले बढी हो ।

गत आवको सोही अवधिमा बैंकको नाफा ९ करोड ६६ लाख ७८ हजार रुपैयाँ रहेको थियो । तीन महिनाको अवधिमा बैंकको वितरयाणयोग्य नाफा ६० करोड २८ लाख ४६ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको सुधारले नाफा बढाएको छ । असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ४९ करोड ७६ लाख ७५ हजार रुपैयाँबाट बढेर ७१ करोड ७ लाख ७९ हजार रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन मुनाफा १३ करोड ८२ लाख ३१ हजार रुपैयाँबाट बढेर ४२ करोड ६४ लाख ७ हजार रुपैयाँ पुगेको छ ।

८ अर्ब ६४ करोड ३६ लाख ६१ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १ अर्ब ५२ करोड २० लाख १४ हजार रुपैयाँ रहेको छ । चालु आवको तीन महिनामा ९२ अर्ब ७३ करोड ९० लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ८१ अर्ब ९२ करोड ९४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा १.५० प्रतिशतबाट घटेर ०.९६ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५१ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ८८ पैसा रहेको छ ।


क्लिकमान्डु