५२.१३ % नाफा बढेको सानिमा बैंकको प्रतिसेयर आम्दानी २२.७८ रुपैयाँ



काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ५६ करोड ७८ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५२.१३ प्रतिशतले बढी हो ।

उक्त अवधिमा बैंकको नाफा ३७ करोड ३२ लाख ५५ हजार रुपैयाँ रहेको थियो । तीन महिनाको अवधिमा बैंकको वितरयाणयोग्य नाफा १ अर्ब ९६ करोड ४२ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेको छ । वित्तीय अवस्था अनुसार असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ९७ करोड ६६ लाख ३७ हजार रुपैयाँबाट बढेर १ अर्ब १६ करोड ६ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालन मुनाफा ५३ करोड ३२ लाख १६ हजार रुपैयाँबाट बढेर ७८ करोड ६२ लाख ५३ हजार रुपैयाँ पुगेको छ । ९ अर्ब ६८ करोड १५ लाख १९ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ३ अर्ब ७८ करोड ७२ लाख ४६ हजार रुपैयाँ रहेको छ ।

चालु आवको तीन महिनामा १ खर्ब ४० अर्ब ५९ करोड ७९ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ अर्ब २७ अर्ब ८६ करोड ६३ लाख ४९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा ०.४० प्रतिशतबाट घटेर ०.११ प्रतिशत रहेको छ । २२ रुपैयाँ ७८ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ४१ पैसा रहेको छ ।


क्लिकमान्डु