ग्लोबल आइएमई बैंकको नाफा ५.०४ % ले बढ्दा अन्य सूचकमा कस्तो छ सुधार ?



काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ भने सञ्चालन मुनाफा बढेको छ । प्रकाशित वित्तीय अवस्था अनुसार असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ५९ करोड ३६ लाख ९ हजार रुपैयाँबाट घटेर २ अर्ब २२ करोड ८९ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालन मुनाफा १ अर्ब ४७ करोड ५२ लाख ८६ हजार रुपैयाँबाट बढेर १ अर्ब ५५ करोड ५६ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।
२१ अर्ब ६३ करोड २५ लाख ३ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ८ अर्ब ७६ करोड ७४ लाख ९३ हजार रुपैयाँ रहेको छ । चालु आवको तीन महिनामा २ खर्ब ६७ अर्ब ६६ करोड ५ लाख ४४ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ अर्ब ५१ अर्ब ५१ करोड २० लाख ९७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

यो अवधिमा बैंकको नाफा ५.०४ प्रतिशतले बढेर १ अर्ब ११ करोड २२ लाख २४ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ५ करोड ८८ लाख ४० हजार रुपैयाँ रहेको थियो । बैंकको तीन महिनामा वितरयाणयोग्य नाफा ३ अर्ब ३५ करोड ८० लाख ११ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको खराब कर्जा १.८३ प्रतिशतबाट घटेर १.६२ प्रतिशत रहेको छ । २० रुपैयाँ ५७ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ०५ पैसा रहेको छ ।


क्लिकमान्डु