३ महिनामा मेगा बैंकको नाफा ९१ करोड, निक्षेपको आकार १ खर्ब ४२ अर्ब



काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्षको ३ महिनामा ९१ करोड नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकको नाफा ६० करोड थियो ।

मेगा बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो ३ महिनाको वित्तीय विवरण अनुसार अघिल्लो वर्षभन्दा ५१ प्रतिशतले नाफा बढेको हो ।
मेगा बैंकले १ अर्ब ५१ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ भने १८ करोड कमिसनबाट कमाएको छ ।

१२.७६ प्रतिशत पूँजीकोष अनुपात रहेको मेगा बैंकको असोज मसान्तसम्ममा १४ अर्ब ६५ करोड चुक्ता पूँजी रहेको छ । असोज मसान्तसम्ममा बैंकले १ खर्ब ४२ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ४१ अर्ब कर्जा दिएको छ ।

असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकले सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा ४९ करोड गरेको छ । बैंकको खराब कर्जा अनुपात ०.८९ प्रतिशत छ । कर्जा निक्षेप अनुपात ९१.२१ प्रतिशत छ ।

९.८१ प्रतिशत बेसरेट रहेको मेगा बैंकको ३.४८ प्रतिशत स्प्रेडदर रहेको छ । बैंकको प्रति सेयर आम्दानी २४.२४ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु