लक्ष्मी बैंकको नाफा ७७ प्रतिशतले बढ्यो, खराब कर्जा घट्यो



काठमाडौं । लक्ष्मी बैंकको नाफा ७७ प्रतिशतले बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार असोज मसान्तसम्म ५५ करोड नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा ३१ करोड रहेको थियो ।

१२.९१ प्रतिशत पूँजीकोष अनुपात रहेको बैंकले ३ महिनाको नाफाबाट सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा २ अर्ब गरेको छ । बैंकले अघिल्लो वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिएको छैन ।

बैंकले ब्याज आम्दानीबाट ८८ करोड जुन अघिल्लो वर्ष ७६ करोड रहेको थियो । कमिसनबाट भने बैंकले २६ करोड कमाएको छ । १० अर्ब ६९ करोड चुक्ता पूँजी रहेको बैंकले असोज मसान्तसम्ममा १ खर्ब १७ अर्ब निक्षेप संकलन गरेर १ खर्ब २४ अर्ब कर्जा दिएको छ ।

असोज मसान्तसम्ममा बैंकको कर्जा निक्षेप अनुपात ८८.९४ प्रतिशत थियो । ७.५७ प्रतिशत बेसरेट रहेको बैंकको ३. प्रतिशत स्प्रेडदर रहेको छ । खराब कर्जा अनुपात ०.४९ प्रतिशत छ । जुन अघिल्लो वर्ष ०.९७ प्रतिशत थियो ।


क्लिकमान्डु