नबिल बैंकको नाफा १ अर्ब ११ करोड,इपीएस ३२.११ रुपैयाँ



काठमाडौं । नबिल बैंकले पहिलो त्रैमासमा १ अर्ब ११ करोड नाफा गरेको छ ।

बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार अघिल्लो वर्षभन्दा ११ करोड रुपैयाँले नाफा बढाएको हो । अघिल्लो आर्थिक वर्षको ३ महिनामा बैंकको नाफा १ अर्ब रहेको थियो ।

बैंकले ब्याज आम्दानीबाट २ अर्ब २४ करोड,कमिसनबाट ४४ करोड कमाएको छ । १३ अर्ब ८४ करोड चुक्ता पूँजी रहेको नबिल बैंकले असोज मसान्तसम्ममा २ खर्ब २५ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ७ अर्ब कर्जा दिएको छ ।

पूँजीकोष अनुपात १३.५८ प्रतिशत छ । अघिल्लो वर्षको भन्दा खराब कर्जा अनुपात(एनपीएल) बढेको छ । असोज मसान्तसम्ममा बैंकको एनपीएल१.१३ प्रतिशत छ । अघिल्लो वर्ष असोज मसान्तमा बैंकको एनपिएल ०.६५ प्रतिशत थियो ।

६.११ प्रतिशत बेसरेट रहेको नबिल बैंकले ३.१८ प्रतिशत स्प्रेडदर रहेको छ ।

पहिलो त्रैमासको नाफाबाट बैंकले सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा ८५ करोड गरेको छ । बैंकको इपिएस ३२.११ रुपैयाँ छ ।


क्लिकमान्डु