हाथवे इन्भेष्टमेन्टले ५० रुपैयाँका दरले आइपीओ ल्याउने



काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले प्रतिकित्ता ५० रुपैयाँका दरले सर्वसाधारणलाई साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले १४ करोड ६२ लाख ५० हजार रुपैयाँको २९ लाख २५ हजार कित्ता आइपीओ निष्कासन गर्नका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

त्यसको लागि सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ । हाथवे इन्भेष्टमेन्ट नेपालका अध्यक्ष योगेश्वर शर्मा ढकाल र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पारस मणी ढकालले हस्ताक्षर गरेका छन ।


क्लिकमान्डु