एक महिनामा बजारमा जाने नोट ६८ अर्बले बढ्यो



काठमाडौं । एक महिनामा बजारमा जाने नोट ६८ अर्बले बढेको छ । भदौ महिनाको तुलनामा असोज महिनामा चलनचल्तीमा जाने नोट ६८ अर्बले बढेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज महिनाको वित्तीय स्थिती अनुसार चलनचल्तीमा ७ खर्ब १३ अर्ब रुपैयाँको चलनचल्तीमा रहेको छ ।

भदौ महिनामा ६ खर्ब ४५ अर्ब रुपैयाँको नोट चलनचल्तीमा रहेको थियो ।

नेपाल राष्ट्र बैंकसँग असोज मसान्तसम्ममा ८ खर्ब रुपैयाँको सुनचाँदी मौज्जात रहेको छ ।

राष्ट्र बैंकसँग १५ खर्ब रुपैयाँको सम्पत्ति रहेको छ । ११ खर्ब ७४ अर्ब रुपैयाँको दायित्व रहेको छ ।


क्लिकमान्डु