डिभी भर्नका लागि राहदानी बनाउनेको भिड (फोटो फिचर)



काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (इडिभी) भर्ने अन्तिम दिन नजिकिँदै गर्दा कान्तिपथस्थित राहदानी विभागमा पासपोर्ट बनाउनेको भिड बढेको छ ।

आइतबार विहानैदेखि पासपोर्ट बनाउनेहरुको लाइन लागेको हो । डिभी भर्नका लागि राहदानी आवश्यक पर्छ । डिभी भर्ने अन्तिम दिन नोभेम्बर ९ तारिखसम्म मात्रै छ ।

तिहारको विदा शुरु हुन केही दिन मात्रै बाँकी रहँदा राहदानी बनाउन मानिसहरु लामबद्ध भएका हुन् ।

अमेरिकाले २०७६ सालदेखि डिभी भर्नका लागि पासपोर्ट अनिवार्य गरेको थियो । डिभी भर्दा पासपोर्ट नम्बर अनिवार्य समावेश गर्नुपर्छ ।
जिल्लास्थित कार्यालयबाट पासपोर्ट बनाउँदा प्रतिपासपोर्ट ५ हजार रुपैयाँ राजस्व तिर्नुपर्छ । जिल्लामा गएर बनाउँदा एक महिनाभन्दा बढी कुर्नुपर्ने बाध्यता हुन्छ ।

तर, काठमाडौंस्थित विभागबाट राहदानी बनाउँदा १० हजार राजश्व तिरेमा एक साता र १५ हजार राजश्व तिरेमा भोलिपल्टै पासपोर्ट पाइन्छ । त्यसैले डिभी भर्नका लागि एक महिना मात्रै भएकाले पासपोर्ट बनाउने मानिसको भिड लागेको हो ।


क्लिकमान्डु