सानिमा बैंकका सीइओ भुवन दाहालको तलब ३८ लाखले बढ्यो, अब कति ?



काठमाडौं । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) भुवनकुमार दाहालको तलब एक आर्थिक वर्षमा ३८ लाख रुपैयाँले बढेको छ ।

बैंकको सीइओ दाहालको तलब ३८ लाख रुपैयाँले बढेर १ करोड ८४ लाख १५ हजार रुपैयाँ पुगेको छ । अघिल्ला आवमा सीइओ दाहालको तलब १ करोड ४६ लाख १५ हजार रुपैयाँ थियो ।

बैंकको अन्य व्यवस्थापन खर्च ३ करोड ८६ लाख ९२ हजार रुपैयाँ रहेको छ । आव २०७७/७८ मा सञ्चालक समितिका अध्यक्षलाई १३ हजार रुपैयाँ बैठक भत्ता, सञ्चालकलाई प्रतिबैठक १२ हजार भत्ता उपलब्ध गराउँदै आएको छ ।

त्यसबाहेक अध्यक्ष तथा सञ्चालकलाई पत्रपत्रिका, टेलिफोन, इन्टरनेट सेवाका लागि १२ हजार रुपैयाँका दरले उपलब्ध गराउँदै आएको छ । उक्त आवमा भत्तावापत ३६ लाख ४३ हजार रुपैयाँ भुक्तानी भएको छ ।


क्लिकमान्डु