एनएमबि बैंकले १५.८% लाभांश दिने



काठमाडौं । एनएमबि बैंकले सेयरधनीलाई १५.८ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त निणर्य गरेको हो ।

बैंकले १२.५ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश गरी १५.८ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु