कृषि विकास बैंकको नाफा साढे ४८ करोड



काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

यो अवधिमा बैंकको नाफा ४८ करोड ५३ लाख ७८ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५.१८ प्रतिशतले बढेको छ ।

गत आवको सोही अवधिमा बैंकको नाफा ४६ करोड १४ लाख ६९ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरणयोग्य नाफा २ करोड ४५ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार देखिएको छ । जसले गर्दा बैंकलाई नाफा बढाउन सहयोग पुगेको छ ।
गत आवको पहिलो त्रैमासमा १ अर्ब ३६ करोड ७ लाख ५३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा १ अर्ब ७३ करोड २१ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।

यस्तै सञ्चालन मुनाफापनि ६१ करोड १८ लाख २८ हजार रुपैयाँबाट बढेर ६२ करोड ४८ लाख ६ हजार रुपैयाँ पुगेको छ ।

तीन महिनाको अवधिमा बैंकको निक्षेप संकलन १ खर्ब ५३ अर्ब २२ करोड ५ लाख ७५ हजार रुपैयाँ रहेको छ भने कर्जा लगानी १ खर्ब ६५ अर्ब ५ करोड ६७ लाख ५४ हजार रुपैयाँ रहेको छ ।

१६ अर्ब ४२ करोड २६ लाख ४१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ८३ करोड ६२ लाख ५४ हजार रुपैयाँ रहेको छ । १४ रुपैयाँ ७० पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ २४० रुपैयाँ २० पैसा रहेको छ ।


क्लिकमान्डु