सांग्रिला डेभलपमेन्ट बैंक १८औं वर्षमा प्रवेश, शाखा संख्या १०० पुग्यो



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक स्थापनाको १७ औं वर्ष पुरा गरेर १८ वर्षमा प्रवेश गरेको छ ।

बैंकले १८ औं वर्ष प्रवेशका अवसरमा विभिन्न कार्यक्रम गरेको छ ।

बैंकले आज १८ औं वर्षमा प्रवेशका अवसरमा शाखा संख्या १०० पुर्याएको छ ।

बैंकले सुर्खेतको यारीचोकमा शाखा खोलेको छ ।

त्यस्तै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने सन्दर्भमा आजका दिन गैर सरकारी संस्था इ–नेवल नेपाललाई कृत्रिम अंग वितरणका लागि बैंकका प्रमुख कार्यकारी अधिकृतसुयोग श्रेष्ठले रकम रु २ लाखको चेक हस्तान्तरण गरे ।

सांग्रिला डेभलमपेन्ट बैंक लिमिटेडको प्रांगणमा सम्पन्न १७ औं वार्षिकोत्सवको अवसरमा बैंकमा १० वर्ष पूरा गरेका कर्मचारीहरुलाई सम्मान गरी कदरपत्र तथा तक्मा प्रदान गरिएको थियो ।

सांग्रिला डेभलपमेन्ट बैंकले वार्षिक उत्सवको अवसर पारेर आज कै दिन देश भित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रुपमा रकम स्थानान्तरण गर्ने सुविधाको लागि सांग्रिला रेमिटको नामबाट आन्तरिक विप्रेषण सेवा समेत सञ्चालनमा ल्याएको छ ।


क्लिकमान्डु