कोटा पाएका व्यवसायीको भुक्तानी भएपछि सुपारी,मरिच र केराउको आयात रोकियो



काठमाडौं । नेपाल राष्ट्र बैंकले कोटा पाएका व्यववसायीको भुक्तानी भएपछि सुपारी,मरिच तथा केराउको आयात रोकेको छ ।

शुक्रबारको दिन केराउ,मरिच तथा सुपारी र मरिचमा आयातको लागि डलर सटही गर्न परिपत्र जारी गरेको थियो ।

यस्तै ५० हजार अमेरिकी डलरभन्दा बढीको गाडी आयातको लागि समेत भुक्तानी दिन भनिएको थियो ।

पहिला नै अर्डर गरिएको सामान आयात लागि डलरमा भुक्तानी दिन खुल्ला गरेपनि राष्ट्र बैंकले शनिबार नै परिपत्र जारी गरेर सुपारी,मरिच तथा केराउ आयातको लागि डलर सटही सुविधा नदिन भनेको छ । यस्तै ५० हजार अमेरिकी डलरभन्दा बढीको गाडी आयात समेत रोकिएको छ ।


क्लिकमान्डु