मरिचमा लागेको प्रतिबन्ध हट्यो, ५० हजारभन्दा बढी डलरको गाडी आयात गर्न पाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले केराउ, सुपारी, मरिच र ५० हजार अमेरिकी डलर भन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको पुर्ण बन्देजलाई हटाएको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै यस्तो बन्देजलाई हटाएको हो ।

राष्ट्र बैंकका अनुसार भन्सार उपशीर्षक ०७१३.१०.१० को केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई आर्थिक वर्ष २०७७–०७८ अवधिको लागि कूल ८० हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी व्यवस्था गरेको छ ।

यस्तै भन्सार उपशीर्षक ०८०२.८०.०० र ०८०२.९०.०० को सुपारीको पैठारीमा लगाएको पूर्ण प्रतिबन्धलाई हटाइ आव २०७७–०७८ को लागि २५ हजार मेट्रिक टन पैठारी गर्न सकिने भएको छ ।

यस्तै भन्सार उपशीर्षक ०८०४.१०.०० को छोकडाको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई आव २०७७/७८ को अवधिको लागि ५० हजार मेट्रिक टन आयात गर्न सकिने सकिने भएको छ । सोही अनुसार विदेशी मुद्राको सटही सुविधा राष्ट्र बैंकले दिने भएको छ ।

राष्ट्र बैैंकका अनुसार ५० हजार अमेरिकी डल भन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाएको र सोही अनुसार विदेशी मुद्राको सटही सुविधान राष्ट्र बैंकले दिने जानकारी गराएको छ ।

राष्ट्र बैंकका अनु्सार वीउ विजन ऐन, २०४५ ले नेपालमा सुचिकृत एंव दर्ता भएका वीउ विजनको मात्र विक्री वितरण गर्न पाइने व्यवस्था गरेकोले उक्त ऐनमा सुचिकृत भएका बालीहरुको वीउ तथा विरुवाहरु मात्र आयात गर्नुपर्ने छ ।


क्लिकमान्डु