यसरी बन्दैछन् तिहारका लागि माटोका पाला



काठमाडौं । तिहार आउन अब एक साता मात्रै बाँकी छ । तिहार फूलसँग बत्तिको पनि पर्व हो ।

तिहारको समयमा घरलाई पाला बत्ती बालेर झलमल बनाइन्छ । विशेष गरी लक्ष्मी पूजाको दिन दियोले घर झलमल बनाएर लक्ष्मी घरभित्र ल्याउनका लागि पूजा पनि गरिन्छ ।

पछिल्लो समय इलेक्ट्रिक पालाको चलन आए पनि माटोबाट बनाइएका पालाको चलन निकै पुरानो हो ।

यही तिहारलाई लक्षित गरी भक्तपुरका प्रजापति समूदायलाई माटाका दियो र पाला बनाउन भ्याइनभ्याइँ छ । उनीहरुले निकै सस्तोदेखि महंगा पाला बनाइरहेका छन् ।


क्लिकमान्डु