६ महिनापछि खुल्यो लाइसेन्सको आवेदन, यसरी भर्न सकिन्छ



काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आजबाट खुलेको छ । यातायात व्यवस्था विभागले कोभिड–१९ का कारण करिब ६ महिनादेखि रोकिएको नयाँ आवेदन आजबाट खुलाएको हो ।

कोरोना संक्रमण फैलिएसँगै विभागले गत वैशाख १६ एक सूचना जारी गर्दै अनलाइन तथा भौतिक उपस्थितिमा दिइने आवेदन सेवा बन्द गरेको थियो ।

हालसम्म उक्त आवेदन खोल्न सकेको थिएन । त्यसैले विभागले सम्पूर्ण प्राविधिक तयारी गरी नयाँ आवेदन खुलाएको विभागका प्रवक्ता लोकनाथ भुषालले जानकारी दिए ।

विभागले अनलाइन आवेदन खुल्ला गरेसँगै सेवाग्राहीले लाइसेन्सको फर्म भर्न पाउनेछन् । आवेदनले अनलाइनमार्फत् आवेदन दिनुपर्नेछ ।


क्लिकमान्डु