सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम भएकोमा मंगलबार २ सय रुपैयाँले बढेर ९२ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ कायम भएकोमा मंगलबार ९२ हजार १ सय रुपैयाँ कायम भएको छ । साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ कायम भएकोमा मंगलबार पनि सोही मूल्य कायम भएको छ ।


क्लिकमान्डु