आइपीएलमा थपिए २ टीम, भारतीय क्रिकेट बोर्डले कमायो १२ हजार करोड भारु



इन्डियन क्रिकेट लिग (आइपीएल)को नयाँ सिजनमा २ नयाँ टीम थपिने भएका छन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले १२ हजार करोड भारुभन्दा बढी रकममा २ टीम बिक्री गरेको हो ।

अहमदाबाद र लखनउ दुई नयाँ फ्रेञ्चाइजीका रुपमा आगामी सिजनमा यी टीमहरु सहभागी हुनेछन् । यसका साथै सन् २०२२ को आइपीएलमा १० टीम खेल्नेछन् । यसअघि सन् २०११ को आइपीएल प्रतियोगितामा पनि १० टीम थिए । उक्त समयमा कोच्ची टस्कर केरला र पुणे वारियर्स टीम पनि सहभागी थिए ।

नयाँ टीमका लागि ६ वटा सहर दौडमा थिए । जसमा सबैभ्रन्दा बलियो दाबेदारका रुपमा अहमदाबाद र लखनउ थिए । यी दुई सहरमा पनि अब आइपीएलका खेल खेलिनेछन् । अहमदाबाटलाई मौका मिल्नुको कारण यसै वर्ष त्यहाँ सबैभन्दा ठूलो क्रिकेड स्टेडियम पनि बन्नु हो । जुन स्टेडियममा एकैसाथ १ लाख दर्शक अट्न सक्छन् ।

यी दुई टीमका लागि २२ वटा बिजनेस घरानाले रुचि देखाएका थिए । जसमा अडाणी ग्रुप, इंग्लिस फूटबल क्लब म्यानचेस्टर युनाइटेडका मालिक ग्लेजर परिवार, टोरेन्ट फार्मा, आरोबिन्दो फार्मा, आरपी–सञ्जीव गोयनका ग्रुप, हिन्दुस्तान टाइम्बस मिडिया ग्रुप, भारतका पूर्वसांसद नवीन जिन्दलको जिन्दल स्टील, रानी स्क्रुवाला तथा तीन प्राइभेट इक्विटीसँग जोडिएका व्यक्तिहरु थिए ।

जसमा आरपी सञ्जीव गोयनका ग्रुपले लखनउको टीमलाई ७ हजार ९० करोड भारुमा खरिद गरेको छ । साथै, खलनउको टीमलाई सीभीसी क्यापिटलले ५ हजार १६६ करोड भारुमा खरिद अहमदाबादको टीम खरिद गरेको हो ।

बीसीसीआईले यी नयाँ टीमका लागि २ हजार करोड भारुको बेस प्राइस राखेको थियो । यो लिलामीबाट बीसीसीआईलाई ७ देखि १० हजार करोड भारु आम्दानी हुने अनुमान थियो । तर लिलामीबाट बीसीसीआईलाई १२ हजार २५६ करोड भारु आम्दानी भएको छ ।

यी दुई नयाँ टीम आएसँगै आइपीएलमा थप ४५ देखि ५० जना खेलाडी खेल्न पाउनेछन् । जसमा ३० देखि ३५ जना भारतीय खेलाडी हुनेछन् ।


क्लिकमान्डु