नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजकुमार क्षेत्री नियुक्त



काठमाडौं । नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजकुमार क्षेत्री नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले क्षेत्रीलाई महानिर्देशक पदमा नियुक्त गरेको हो ।

यसअघिका महानिर्देशक राजन पोख्रेलले राजीनामा दिएपछि क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको थियो ।

पर्यटनमन्त्रालयमार्फत् क्षेत्रीको नाम मात्रै सिफारिस गरिएको थियो ।

क्षेत्री यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा रुपमा समेत काम गरिसकेका छन् ।


क्लिकमान्डु