यी हुन् टिकटकमा १ अर्ब फलोअर्स भएका चार्ली डी अमेलिया



एजेन्सी । छोटा भिडियो राख्ने एप टिकटक यतिबेला चर्चाको शिखरमा छ । नेपालमा समेत दिनप्रतिदिन यसको लोकप्रियता बढिरहेको छ । केही देशले प्रतिबन्ध लगाएको भएपनि यसको लोकप्रियता दिनप्रतिदिन बढिरहेको छ ।

तर, केही देशले भने सामाजिक जीवन बिगारेको र अश्लिलता फैलाएको आरोपमा प्रतिबन्ध लगाएका छन् । भारतमा टिकटक प्रतिबन्ध छ ।

यस्तै, अमेरिकामा पनि अवस्था त्यस्तै छ । तर, यसको लोकप्रियता भने बढिरहेको छ । संसारभर नै १ बिलियन बराबरको टिकटक प्रयोगकर्ता रहेका छन् । यो हरेक दिन बढिरहेको छ ।

चार्ली डी’अमेलिया टिकटकमा सबैभन्दा बढी फलोअर्स छन् । उनको झण्डै १ अर्ब बराबरको फलोअर्स रहेका छन् ।

यस्तै खाबी लेम टिकटकमा सबैभन्दा चर्चित व्यक्तिको सूचीमा दोस्रो स्थानमा रहेका छन् । अमेरिकी नृत्यांगना चार्ली डी’अमेलियोपछि टिकटक प्रख्यातीको दोस्रो स्थानमा लेमको नाम दर्ता भएको छ ।

उनको टिकटक खातालाई ९० करोडभन्दा बढी व्यक्तिले फलो गर्छन् र त्यसमा उनले एक अर्ब ३० करोड लाइक पाएका छन् । कैयौ व्यक्तिहरुले लेमले अमेलियोलाई पनि उछिन्न सक्ने अनुमान गरेका छन् ।

अमेलियो टिकटकमा एक अर्ब फलोअर पु¥याउने पहिलो व्यक्ति हुन । अहिले उनको एक अर्ब २० करोडभन्दा बढी फलोअर छन् । खाबी लेम पश्चिम अफ्रिकाको सेनगलमा जन्मिएकी हुन् ।

२१ वर्षीय लेमको अहिले इटलीमा बसाबास रहेको छ । एक कारखानामा मजदुरका रूपमा काम गर्ने लेमले कोभिड १९ महामारीका कारण जागिर गुमाएपछि मार्च २०२० मा टिकटक चलाउन सुरु गरेका थिए ।

लेमले अन्य मानिसले गरेको कुनै कार्यलाई तुलना गर्दै यस कार्यलाई कसरी सहजै गराउने भन्ने विषयलाई जोडेर आफ्नु भिडियो देखाउने गरेका छन् ।

बिनाकारण जटिल बनाएका छन् भनेर लेमले देखाउने गरेका छन् । तर भिडिओमा उनी बोल्दैनन् । उनको अनुहारको नाटकीय भावलाई देखेर मानिसहरूलाई रमाइलो मान्छन् अनि त्यो रमाइलो भएको कुरा थाहा पाउन कुनै भाषा जान्नुपर्दैन भन्ने पनि उनको भिडियोबाट झल्किन्छ ।


क्लिकमान्डु