बेमौसमी वर्षा: जलवायु परिवर्तनको असर की भैपरी आउने घटना ?



काठमाडौं । गएको वैशाखमा गरिएको आँकलनअनुसार नेपालमा औषतभन्दा १५ प्रतिशत बढी वर्षा भएर यही अक्टोबर ११ मा आठ दिन ढिला गरी मनसुन बाहिरियो । नेपालीको महान् चाड दसैँको मुखमा मनसुन बाहिएिपछि नेपालीले धुमधामसँग चाड मनाए ।

दसैँमा अधिकांश ठाउँमा राम्रै घाम लाग्यो । मनसुन सकिएकाले अब भारी वर्षा हुन्छ भन्ने अनुमान थिएन । त्यसैले पनि कात्तिकमा महिना ९बेमौसम० मा यति धेरै वर्षा हुने कुरा अनुमानभन्दा बाहिरको हो ।

यद्यपि जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मध्य दसैँमा असोज ३१ गतेको मिति तोकेर विभिन्न प्रणाली विकसित भएकाले भारी वर्षाको सम्भावना रहेको हुँदा सार्वधानीको चेतावनी दिएको थियो । असोज २८ मा पहिलो र असोज ३० गते दोस्रो विशेष बुलेटिन नै सार्वजनिक गरी सावधानीको अनुरोध गरिएको वरिष्ठ मौसमविद् वरुण पौडेल सुनाउँछन् ।

टन्टलापुर घाम लागिरहेका बेला उक्त चेतावनीलाई कतिपयले खासै वास्ता नगरेको पनि हुनसक्छ । विडम्बना असोजको अन्तिम दिनबाट मुलुकका विभिन्न जिल्लामा भारी वर्षा सुरु भयो । पूर्णिमासम्म दसैँको टीका लगाउने चलनअनुसार मानिस आफन्तकोमा टीका थाप्दै थिए भने घर गएका कार्य क्षेत्रमा फर्किनसमेत भ्याएका थिएनन् ।

लगातारको भारी वर्षा (मनसुनी वर्षाझैँ) का कारण कात्तिकको पहिलो दिनबाट भने मानवीय र भौतिक क्षतिका घटना सार्वजनिक हुन थाल्यो । असोज १, २, ३ गतेको तीन दिनको अवधिमा १०१ जनाले बाढी, पहिरो र डुबानमा परेर ज्यान गुमाउन पुगे । अझै ४१ जना हराइरहेका छन् ।

सयौँ परिवार विस्थापित भएका छन् भने झण्डै २० जिल्लामा भौतिक संरचना, सडक, पुल, विद्युत्, टेलिफोन सेवा नराम्ररी प्रभावित भएको छ । अझै क्षतिको यकिन विवरण भने आइसकेको छैन । कात्तिकमा यति ठूलो वर्षा भएर मुलुक नै प्रभावित हुने गरी ठूलो जनधनको क्षति गराउने कुरा अप्रत्यासित र अकल्पनीय नै हो । जलवायु परिवर्तनको असर हो की भैपरी आउने घटना यसमा आआफ्नै धारणा मानिसमा छ ।

जलवायु परिवर्तन विज्ञ तथा नेपाल पानी सदुपयोग फाउन्डेसनका अध्यक्ष डा ङमिन्द्र दाहाल अक्टोबरको दोस्रो हप्तामा थोरै पानी पर्ने गरे पनि यती धेरै नपर्ने विगतको अनुभव सुनाउछन् ।

‘वर्षा सकिएपछि यसरी ठूलो पानी पर्नु जलवायु परिवर्तनको असर हो, परिवर्तन आयो भन्ने कुरा अहिलेको वर्षाबाट हामीले बुझ्नुपर्छ”, दाहालले भने ।

उनका अनुसार कतिपय स्थानमा मनसुन भरी पर्ने पानीभन्दा धेरै यो तीन÷तीन दिनमा परेको छ । यसले राम्रो सङ्केत गर्दैन, जलवायु परिवर्तन भनेको यही हो, कतिबेला के हुन्छ थाहा हुन्न, ३०/४० वर्षको तथ्याङ्क चाहिन्छ, भनिन्छ त्यो एक ठाउँमा होला तर अदलीबदली चाहिँ डरलाग्दो हिसाबले भइरहेको छ, यसलाई हामीले मनन गर्नुपर्छ”, उनले थपे । सुदूरपश्चिममा केही ठाउँमा त मनसुन कै रेकर्ड तोडेको उनले बताए । 

उनका अनुसार यस्ता घटना हरेक ५० देखि १०० वर्षमा एक पटक देखिने हो । डा दाहाल अब यस्ता घटना बाक्लिने दावी गरे । यसले अब तीन÷चार महिना लामो खडेरी हुने सङ्केत दिएको पनि उनले जिकिर गरे ।

“त्यसको सङ्केत प्रशान्त महासागरका गतिविधिले देखाइरहेको छ, लान्दिनाको प्रणाली अलि सक्रिय देखिएको छ, त्यसले खडेर निम्त्यिाउने उनको विष्लेषण छ । उनले यही प्रकृतिको घटना नदोहोरिए पनि अर्को नयाँ स्वरुपका घटना देखिन सक्ने चेतावनी दिनुभएको छ । एकै चोटी पानी खनिनु पनि जलवायु परिवर्तनको सङ्केत भएको अध्यक्ष डा दाहालको जिकिर छ ।

गत वर्ष पर्वतमा होस् या सिन्धुपाल्चोकको जुगलमा एकै ठाउँमा धेरै वर्षा हुँदा भेल पहिरो गएर ठुलो जनधनको क्षति भएको थियो । यही साल मनसुनका बेला (असार १ र १६ गतेको वर्षा) मा सिन्धुपाल्चोकको हेलम्बुमा मेलम्ची खोलाको शिरदेखि अकल्पनीय बाढी पहिरो जाँदा हेलम्बु र मेलम्चीमा घरका चार तला माथिसम्म बाढी पुगेको थियो ।

सयौँ घरको निशाना फेला पार्न सकिने अवस्थाको छैन । औषतभन्दा बढी वर्षा भएर यही अक्टोबर ११ बाट मनसुन बाहिरिएको एक हप्तामै झण्डै÷झण्डै मनसुन अवधि कै क्षतिको अङ्क पछ्याउँदै बाढी, पहिरो र डुबानले वितण्डा मञ्चायो । प्राप्त विवरणअनुसार मनसुन अवधिमा १३६ जनाको मृत्यु भएको थियो भने ४५ जना मानिस हराइरहेका छन् ।

अहिलेको ९असोज ३१ देखि कात्तिक ३० को अवधिमा भारी वर्षापछिको बाढी पहिरो र डुबानमा परेर १०१ को मृत्यु भएको छ भने ४१ जना हराइरहेका छन् । खेतबाट भित्र्याउन ठिक्क पारिएको अर्बौंको धान नष्ट भएको छ । वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार यसपटक मनसुन सकेलगत्तै पश्चिमबाट आउने प्रणाली र बङ्गालको खाडीबाट आएको न्युन चापीय प्रणाली मिसिएर भारी वर्षा भएको हो ।

“कहिलेकाहीँ यस्ता घटना हुन्छ, यो दुर्लभ घटना हो, विगतमा पनि अक्टोबर महिनामा यस्ता घटना भएको पाइन्छ, भारतको केदारनाथमा पनि मनसुनसँगै यसैगरी दुई प्रणाली मिसिएको थियो,” उनले भने ।

मनसुन बाहिरिँदै गर्दा बङ्गालको खाडीमा एक खालको न्यून चापीय प्रणाली विकसित भएको र त्यसमा अर्को पश्चिमी वायु पनि सक्रिय भई दुवै प्रणालीको प्रभावले भारी वर्षा हुन पुगेको मौसमविद्को भनाइ छ तर त्यो जलवायु परिवर्तनसँग जोडिने विज्ञहरु बताउँछन् ।

मौसम विज्ञान विभागको जलवायु विष्लेषण शाखा प्रमुख, वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेल यसपालि मनसुन अवधिभर भइराख्ने भन्दा १५ प्रतिशत बढी वर्षा भएको थियो । पोष्ट–मनसुनमा पनि यसपाली निक्कै धेरै वर्षा भएको उनी बताउछन् । मनसुन सकिएपछिको यो वर्षा तीस वर्षको औषत वर्षाभन्दा बढी भएको उनको भनाइ छ । यस वर्षको मनसुन जुन ११ मा सुरु भएर अक्टोबर ११ मा बाहिरिएको थियो ।

मौसमविद् डा कँडेल अक्टोबर १ देखि २१ ९बिहीबार०सम्म मुलुकका २० वर्षा मापन केन्द्रमा २५३ मिलिमिटर औषत पानी पर्ने बताउनुहुन्छ तर त्यहाँ सरदरमा ३४२ प्रतिशत पानी परेको छ । जुन उक्त अवधिमा पर्ने पानीभन्दा १८७ मिलिलिमटर बढी हो । त्यसलाई विष्लेषण गर्दा उक्त अवधिमा २४२ प्रतिशत बढी पानी परेको डा कँडेलले बताए।

गएको सेप्टेम्बरमा दक्षिण एसियाली जलवायु आँकलन मञ्चको बैठकले प्रदेशको १ को दक्षिणी भाग, प्रदेश २, बागमती, लुम्बिनीको दक्षिणी भेगमा अक्टोबरमा बढी वर्षा हुने आँकलन गरेको थियो तर उक्त मोडलले सुदूरपश्चिम र कर्णालीमा कति पानी पर्छ भनेर यकिन गर्न सकेको थिएन ।

“उक्त मोडलले देखाएअनुसार नेपालको पूर्वमा मिल्न आयो सुदूरपश्चिममा भने त्यो सिग्नल देखाएन, बढी पर्न पनि सक्छ नपर्न पनि सक्छ भन्ने थियो, तर त्यस क्षेत्रमा पनि पानी ठुलो प¥यो”, डा कँडेलले रासससँग भने।

गत वर्ष नेपालमा एकदम बढी सुक्खा थियो, त्यसले विभिन्न क्षेत्रमा डडेढोको सामना गर्नुप¥यो । आगो निभाउन हेलिकोप्टर नै प्रयोग गर्नुपरेको थियो । उक्त मञ्चले अक्टोबर, नोभेम्बर, डिसेम्बरमा केही बढी पानी पर्छ भन्ने सङ्केत दिए पनि नेपालमा पूर्वानुमान गर्ने प्रविधि राम्रो छैन । कँडेलका अनुसार यस्ता घटना कुनै पनि बेला हुनसक्छ भन्ने नै हो ।  

सामान्यतया विगतमा १० वर्षयता जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिन्थ्यो । यस वर्षदेखि मनसुन भित्रिने दिन जुन १३ थियो । त्यसको दुई दिनअघि नै मनसुन भित्रिएको थियो भने आठ दिनपछि बहिर्गमन भएको थियो । 

नेपालमा सरदर वर्षाको आँकडा विष्लेषण गरेर मनसुनको मिति तय गरिनेछ । कहिलेकाहीँ केही दिन ढिला र केही दिन चाँडो पनि मनसुन भित्रिने र बाहिरिने हुन्छ । यसपालि पनि त्यही भएको मौसमविद्को भनाइ छ ।


क्लिकमान्डु