दशैंमा ग्राहकले चाहेअनुसार गाडी पाउनै मुश्किल, महिनौं कुनुपर्ने बाध्यता



काठमाडौं । नेपालीहरू महान चाडपर्व नजिकिएसँगै विभिन्न दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन कम्पनीहरूले दशैंतिहार लक्षित अफर सार्वजनिक गरेका छन् । सामान्य अवस्थाका दशैंअगावै नाडा अटो शोबाट अफर र नयाँ गाडी सार्वजनिक गर्दै आएका थिए ।

तर, करिब दुई वर्षदेखि कोरोना महामारीका कारण नाडा अटो शोमा ब्रेक लागेसँगै कम्पनीहरूको व्यापार पनि खुम्चिएको छ । कोरोनाभन्दा अघि हरेक वर्ष नाडा अटो शो गर्दै आएको कम्पनीहरूमा करिब लामो समयपछि नाडा अटो शो नहुनेमा ब्रेक लागेको छ ।

वार्षिक व्यापार हुनेमा करिब ४० प्रतिशत नाडा अर्थात् चाडपर्वकै समयमा व्यापार हुने गरेको व्यापारीहरू बताउँछन् । विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीले नाडा अटो शो रोक्नुका साथै व्यापार खुम्चिएको व्यवसायीहरूको भनाइ छ ।

अहिले अधिकांश कम्पनीहरूले आफ्नो ग्राहकवर्ग लक्षित विभिन्न अफर सार्वजनिक गरेका छन् । जसले गर्दा चार पाङ्ग्रे सवारी साधनको माग बढ्दो रहेको उनीहरूले बताएका छन् । कोरोनाकै समय भएपनि व्यापारमा निकै प्रभावित भएको अवस्थामा कम्पनीहरूले सार्वजनिक गरेको अफरले धेरथोर ग्राहक आकर्षण हुने कम्पनीहरूको बुझाइ छ ।

यस्तै, हाल बजारमा चाडपर्वको रौनकसँगै सवारी साधन खरिदमा लर्को लागेको छ । तर, बजारमा ग्राहकले चाहेअनुसारको सवारी साधन पाउनै मुश्किल भएको अवस्था छ ।

नेपालमा मात्रै नभएर उक्त समस्या विश्वभर नै देखिएको छ । सवारी साधन उत्पादन गर्न अति आवश्यक चिप्सको अभावका कारण कार उत्पादन कटौती भइरहेको हुँदा कार उपभोक्तालाई प्रत्यक्ष असर परेको छ । जसले गर्दा उपभोक्ताले चाहेअनुसारको कार खरिद गर्न सकेका छैनन् ।

अघिल्लो वर्षमा कोरोनाका कारण गाडी खासै बिक्री हुन सकेको थिएन । तर, यो वर्ष कोरोनाकै अवधि भएपनि अर्थतन्त्र चलायमान हुँदा गाडीको माग उच्च रहेको व्यवसायीहरू बताउँछन् ।

कोरोना संक्रमणका कारण उत्पादनमा प्रयोग हुने कच्चा पदार्थमा अभाव भएपछि विश्वभर उपभोक्ताको मागअनुसार आपूर्ति गर्न नसक्ननाले महिनौं कुर्नुपर्ने बाध्यता रहेको छ । कम्पनीका अनुसार बजारमा उपभोक्ताहरूको लागि गाडी नभएको होइन छ । उपभोक्ताले बजारमा उपलब्ध भएकै गाडीहरू खरिद गर्न कुनै समस्या छैन । तर, कम्पनीसँग उपलब्धबाहेक रङ, मोडल र प्रकार नभएको अवस्थामा महिनौं कुनुपर्ने बाध्यता भएको छ ।

टाटा मोटर्सका एकमात्र आधिकारिक वितरका सिप्रदी ट्रेडिङका बजार प्रबन्धक रुपम श्रेष्ठले विश्वभर चिप्सको अभावले गाडी उत्पादनमा निकै असर परेको बताए । विश्वमै सो समस्या रहेकाले नेपालमा पनि त्यसको असर भएको छ ।

नेपालमा अधिकांश गाडीहरू आयातमै भर पर्नुपर्ने अवस्थाले गर्दा नेपालमा भने अनुसार गाडी पाउन मुश्किल परेको उनको भनाइ छ ।

‘नेपालमा मुख्य चाडपर्वमा अधिक व्यापार हुने समयमै बजारमा भनेअनुसारको गाडी पाएको छैन,’ उनले भने ।

श्रेष्ठका अनुसार गत वर्षको कोरोनाले गर्दा ‘डिमान्ड र सप्लाई’ चेन नमिल्दा अहिले उक्त समस्या भोग्न बाध्य भएको उनको बुझाइ छ । त्यस्तै कम्पनीले सामान्य गाडीहरू बिक्री गरिरहेका छन् । तर, सोही गाडी उपभोक्ताको इच्छाअनुसार भने उपलब्ध गर्न नसक्ने स्थिति रहेको उनले बताए ।

हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका ब्रान्ड म्यानेजर सन्दिप शर्माले चाडपर्व नजिकिँदै गर्दा पुरानो गाडी बिक्री गर्ने र नयाँ गाडी गर्दछ । तर, हाल आफुले खोजेको रङ, प्रकार र मोडल सबै मिलाएर खरिद गर्न खोजेमा पाउन कठिन अवस्था सिर्जना भएको बताए ।

‘अधिकांश उपभोक्ताले दशैंको अफर सदुपयोग गरौंन भन्ने हिसाबले खरिद गर्ने गर्दछ,’ शर्माले क्लिकमाण्डूसँग भने, ‘अहिले भारतमा उत्पादनमा कमी भएकाले नेपालमा त्यसको सोझै असर परेको छ ।’

उनकाअनुसार सोही कम्पनीको मोडल, रङ तथा प्रकारका सम्झौता गरेमा भने कम्पनीले गाडी उपलब्ध गराउन कुनै समस्या छैन । कम्पनीमा अहिले क्रेटाको गाडी उत्पादन कम भएर अभाव भएको देखिन्छ । हाल गाडीको माग उच्च रहेको छ ।

तर, भारतमै उत्पादनमा कमी आएपछि नेपालमा उपलब्ध हुने अवस्था नरहेको उनले बताए ।

‘कतिपय मोडलहरू कम्पनीमा उपलब्ध छन् । तर, सामान्य अवस्थाको जस्तो छानीछानी लिन सक्ने अवस्था छैन,’ उनले भने ।

नेपालका लागि टोयटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर सिन्डीकेटका मार्केटिङ अफिसर रितेश उपध्यायका अनुसार दशैंतिहार नजिकिँदै गर्दा माग बढेको छ । माग भएपनि केही मोडलका कारहरू अभाव भएको उनले बताए ।

उनकाअनुसार कम्पनीमा अहिले प्राडो र हाइलक्स मोडलको गाडीको अभाव भएको छ ।

‘अन्य मोडलमा गाडीहरू नभएको होइन छ । ग्राहक चाहेअनुसारको सबै मिलाएर बिक्री गर्न समस्या भएको छ,’ उनले भने ।

होन्डाको लागि नेपालको आधिकारिक बिक्रेता स्याकर ट्रेडिङका मिडिया एक्जिक्युटिभ निजेल लाल श्रेष्ठले दशैंतिहार नजिकिँदै गर्दा माग बढेको बताए । कम्पनीले हालसम्म उपलब्ध भएको गाडी समयमै डेलिभरी गरिरहेका छन् । तर, केही मोडलका गाडीहरूको अभाव हुँदा समयमा डेलिभरी गर्न नसकेको उनको भनाइ छ ।

सो समस्या यी कम्पनीलाई मात्रै नभएर अधिकांश कम्पनीको अवस्था उस्तै रहेको छ । विश्वबजारमा चिप्सको अभावले कार उत्पादनमा कटौती हुँदा समयमै पाउन मुश्किल भएको छ ।

महिनौं कुनुपर्ने बाध्यता

कम्पनीमा उपभोक्ताहरूले चाहेअनुसारको गाडी उपलब्ध नहुँदा महिनौं कुनुपर्ने बाध्यता देखिएको छ । उपभोक्ताहरूले अफर लक्षित विभिन्न प्रकारका गाडी अर्डर गरेपनि समयमै डेलिभरी हुन नसकेको कम्पनीहरूले जनाएको छ ।

‘हाल कम्पनीहरू उपलब्ध भएको गाडीहरू बिक्री गरिरहेका छन् । कम्पनीसँग उपलब्ध नभएको गाडीको अर्डर लिए पनि महिनौं कुनुपर्ने बाध्यता भएको छ,’ हुन्डाईका बजार प्रबन्धक शर्माले भने ।

उनकाअनुसार भारतमै गाडीहरूको अभाव भइरहेको छ । त्यसमा भारतीय बजारमा आपूर्ति नगरी नेपालमा आयात गर्ने भन्ने हुन्न । त्यसलै नेपालबाट अर्डर लिएर आयातको लागि अर्डर पाठइरहेका छौं । तर, अर्डर गरी डेलिभरी गर्न समय लाग्नेछ ।

अहिले सम्पूर्ण कम्पनीले उपभोक्ताले माग गरेअनुसार तत्कालै उपलब्ध गर्न नसकेपछि अर्डर लिँदै बस्नुपर्ने अवस्था रहेको छ । उक्त अर्डर लिए पनि दशैंअघि भने डेलिभरी गर्न नसक्ने उनीहरूको भनाइ छ ।

नेपालमा अधिकांश गाडीहरू आयातमै भर पर्नुपर्ने अवस्था छ । त्यसैले कुनै पनि गाडी अर्डर गरेर तत्कालै आउन सक्दैन । कम्पनीले कुनै प्रकारका मोडलका गाडी अर्डर गरेमा नेपाल आइपुग्न महिनौ लाग्छ ।

त्यसैले कम्पनीले पाइपलाइनमा धेरै गाडी रहेको जनाएको छ । उक्त पाइपलाइनमा रहेको डेलिभरी दशैंपछि मात्रै उनीहरूको भनाइ छ ।


क्लिकमान्डु