सेयर बजारमा चरम निराशा, कारोबार रकम ५ अर्बमा सीमित



काठमाडौं । मंगलबार सेयर बजारमा लगानीकर्ता निराश देखिका छन् । नेप्से परिसूचक १८ अंकले घटेको छ भने सबै उपसमूहमा गिरावट देखिएको छ ।

कारोबार रकम पनि धेरैपछि ५ अर्बमा सीमित भएको छ । केही महिनाअघि मात्रै २१ अर्ब बढीको कारोबार भएकोमा मंगलबार यो ५ अर्बमा सीमित भएको छ ।

यद्यपि मंगलबार मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो दिन कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रो, राइराङ हाइड्रो, युनाइटेड मोदी हाइड्रो शीर्ष स्थानमा छन् ।


क्लिकमान्डु