सेलपेले ल्यायो १५% क्यासब्याक अफर



काठमाडौँ । भुक्तानी सेवाप्रदायक कम्पनी सेलपे सेवाले मोबाइल टपअपमा १५ प्रतिशतसम्मको क्यासब्याक अफर ल्याएको छ ।

केवाईसी भरेका सेलपे ग्राहकले भदौ १६ गतेदेखि लागू हुनेगरी हप्ताको एकपटक मोबाइल टपअपमा १५ प्रतिशतसम्म क्यासब्याक पाउन सक्नेछन् ।

सेलपे सरल तरिकाले शीघ्र भुक्तानी गर्नका लागि प्रयोग गरिन्छ । सेलपेको वेवसाइट या मोबाइल एप दुबै माध्यमबाट दूरसञ्चार, विद्युत, खानेपानी, टिभी, इन्टरनेटको महशुल, इन्स्योरेन्स भुक्तानी, सेयर तथा ब्रोकर भुक्तानी सहजरुपमा गर्न सकिन्छ ।


क्लिकमान्डु