चाडपर्वलाई लक्षित गरी टीभीएसको ६ प्राइजको सप्राइज योजना सार्वजनिक



काठमाडौं । दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ‘टीभीएसः ६ प्राइजको सप्राइज’ योजना सार्वजनिक गरेको छ ।

यो अफर अन्तर्गत ग्राहकले ६ पटकसम्म उपहार जित्न सक्नेछन् । साथै, विभिन्न टीभीएस ब्राण्डका मोटरसाइकल र स्कुटरको खरिदमा हात खाली नहुने गरी विभिन्न आकर्षक तथा भव्य उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।

यो योजना भदौ १६ गते बुधबारदेखि शुरु भइ चाडपर्व समापनपछि मात्रै समाप्त हुनेछ । यस योजना मुलुकभरका सम्पूर्ण टीभीएस शोरुममा उपलब्ध हुनेछ ।

यस योजना अन्तर्गत ग्राहकले मोटरसाइकल वा स्कुटर खरिद नै नगरी कम्पनीको वेवसाइट टीभीएसनेपाल डट कम÷दशैं मा गएर १ लाख रुपैयाँसम्म जित्न सक्नेछन् भने सवारी खरिद गर्दा १० लाख रुपैयाँसम्म नगद हात पार्न सक्नेछन् । त्यसका साथै दैनिक रियलमी सी२० स्मार्टफोन पनि ग्राहकले जित्न सक्नेछन् ।

यस योजना अन्तर्गत ग्राहकले हरेक साता शतप्रतिशत क्यासब्याकको अफर पाउनेछन् । जसमा ग्राहकले सवारी खरिद गर्दा बुझाएको सम्पूर्ण रकम फिर्ता पाउनेछन् भने हरेक महिना टीभीएस अपाचे आरआर ३१० पाउन सक्नेछन् ।

त्यसका साथै बम्पर उपहार अन्तर्गत टीभीएसको सवारीसँगै अन्तिममा प्रोटोन सागा कार जित्न सक्नेछन् । साथै सोधपुछमार्फत् रियलमी स्मार्ट फोन र अपाचे आरआर ३१० बाइक जित्न सक्नेछन् ।


क्लिकमान्डु