हवाई यात्रुले अब फेससिल्ड लगाउनु नपर्ने



काठमाडौं । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि हवाई यात्रुका लागि अनिवार्य गरिएको फेससिल्ड अब लगाउनु नपर्ने भएको छ । नेपाल वायुसेवा सञ्चालकले मंगलबार एक सूचना जारी गर्दै फिससिल्ड प्रयोगमा अनिवार्य नगरिएको बताएको हो ।

मास्कसँगै फेससिल्ड प्रयोग गर्नु असहजता सिर्जना हुनुका साथै प्रयोगमा आइसकेका फेससिल्डहरु जथाभावी फालिदिनाले पर्यावरणमा समेत असर पुगेको भन्दै हवाई कम्पनीहरुले अब फेससिल्ड अनिवार्य नगर्ने बताएका हुन् ।

विमान कम्पनीहरुले आजदेखि लागू हुने गरी उक्त निर्णय गरेका हुन् । संघले राम्रोसँग मास्क लगाएको अवस्थामा पूर्ण सुरक्षित हुन्छ भन्ने पुष्टि भइसकेको अवस्थामा फेससिल्ड अनिवार्य नगरिएको स्पष्ट पारेको छ ।


क्लिकमान्डु